"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो।

निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताए ।

“उक्त घटनामा जनको क्षति नभए पनि धनको ठुलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,” उनले भने।

शनिबार बिहान ८.४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीन वटा कोठा जलेका थिए भने ५० लाख बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएको सो मन्त्रालयले जनाएको छ।

२०८१ माघ २७ गते आइतवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु