सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएको छन । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोलदै यस्तो बताएको हो ।
उनले समय परिवर्तन भए पनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताए। उनले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको जानकारी दिए। उनले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरे।
मन्त्री अधिकारीले भने, ‘‘समय परिवर्तनसँगै खाने कुराहरुमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ ।’’
२०८१ पुस ५ गते शुक्रवार १७:१९ बजे प्रकाशित