"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै प्रतिशोध साँध्याेः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए ।

राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।

आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुनेपनि उनले बताए ।

अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताएका छन ।आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनको भनाइ छ ।

उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ, अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’

रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनको थप आरोप छ । अध्यक्ष प्रचण्डले भने, ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जो कसैले बुझ्न सक्छ।’

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जादा बिचौलियाहरुले संसदका पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनको जिकिर छ ।

२०८१ मंसिर २५ गते मंगलवार १६:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु