"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उप निर्वाचन: मतदान प्रक्रिया सम्पन्न, आजै रातीबाट परिणाम आउने

काठमाडौं। स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएका छन ।आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् । आज २९३ मतदान केन्द्रवाट मतदाताले मत प्रकट गरेका छन् ।

काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।

आज रातीवाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश: नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।

२०८१ मंसिर १६ गते आइतवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु