दुर्गा प्रसाईं पक्राउ, तीन कसुरमा मुद्दा चलाउने तयारी

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसुरमा अनुसन्धान गरिने ब्युरोले जनाएको छ।
प्रसाईंविरुद्ध साइबर अपराध, कागजात किर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआइबीको तयारी छ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।
सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सिआइबीले बताएको छ।
प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए। विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए। उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए।
२०८१ मंसिर ४ गते मंगलवार १६:४५ बजे प्रकाशित