प्रधानमन्त्री ओली अस्वस्थ, सबै भेटघाट स्थगित
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेको छन्। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेको हो। उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेको छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सिलवालले भन्नुभयो, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राखेको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’
२०८१ कात्तिक २० गते मंगलवार १६:१३ बजे प्रकाशित