"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एसटीसीले सेवा प्रारम्भदेखि नै सुपथ मूल्य रगुणस्तरीयता लाई मूल मन्त्रको रुपमा लिँदै आएको छ : सीईओ श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एव सर्वसुलभतालाई मूल मन्त्रको रुपमा लिँदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताएकि छन् ।

एसटीसीको ६२औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार कार्यालय परिसरमै आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायीक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको बताइन् ।

श्रेष्ठले भनिन्, ‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पुरा गरेको छ । उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउने यात्रालाई निरन्तरता दिएको छ । कर्पोरेशनले आम जनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत सामान्य अवस्थामा आफ्नै आउट लेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुर्‍याएर भए पनि सेवा दरिरहेको छ । विगतमा आएको ठूलो भूकम्प र कोभिङ–१९ को समयमा उपभोक्ताको घरदैलोसम्म पुगेर सेवा दिएका थियौँ । रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएका छौँ ।’

दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुर्‍याउन अनुदानित एवम् गैरअनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएको पनि सीईओ श्रेष्ठले बताइन् । यस्तै, पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री बितरण गर्दै आएको र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरु बनाएर बिक्री गर्न समेत प्रयासरत रहेको उनको भनाइ छ ।

२०८१ भदौ २७ गते बिहीवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु