"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दसैँका लागि एक हजार ८ सय खसी बोका र च्याङ्ग्रा ल्याइँदै

काठमाडौ‌ । सरकारले दसैँका लागि १ हजार ८०० वटा खसी बोका र च्याङ्ग्रा राजधानी ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसी बोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो ।

उक्त खसी बोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसकिने कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष खसी बोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कम्पनीले गत वर्ष २ हजार वटा खसी बोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।

२०८१ भदौ २६ गते बुधवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु