"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पुर्व अर्थमन्त्रीको प्रश्न: प्याज, आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर कसरी सस्तो हुन्छ ?

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।

पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए ।

महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।

डा। महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।

२०८१ जेठ १५ गते मंगलवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु