"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेपछि रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले उम्मेदवारका ५ जना आकांक्षीले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत रुपमा उम्मेदवार बनेको बताए । उपनिर्वाचनको लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

लिम्बू यसअघि पत्रकार थिए । उनी आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महासचिव हुन् । यसअघि राजनीतिक आबद्धता त्यागेको र स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका उनी रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।

२०८० चैत १५ गते बिहीवार १८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु