एनआरएनएको नवीकरण रोकिदैँन, तत्काल प्रक्रिया अघि बढ्छः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाए । संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा। केसी र श्रेष्ठबीच छलफल भएको हो ।
संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुर्नगठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएको प्रति धन्यवाद समेत दिए । डा. केसीले गैरआवासीय नेपाली संघ सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरे ।
२०८० चैत ४ गते आइतवार १७:५४ बजे प्रकाशित