"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बरण्डामा आगो ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

बर्दिया । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।

आगोले जलेर उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्केको थियो।

कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०८० पुस २९ गते आइतवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु