"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंबाट चित्लाङ जाँदै गरेको जीप सेतो पहरामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर दुर्घटना भएको उनको भनाइ छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवार ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी  ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाइँ काठमाडौँ – २ का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएकी हुन् ।

२०८० पुस २८ गते शनिवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु