"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता गरेको छ । दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुने गरी सम्झौता भएको हो ।

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पु¥याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पु¥याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्ने नेपाल टेलीकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।  उनका अनुसार गत बिहीबार (२०८० पुस १९ गते) यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा वारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पु¥याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने प्रवक्त अधिकारीले बताए । यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने बताइएको छ ।

२०८० पुस २३ गते सोमवार २०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु