प्रधानमन्त्रीको घोषणा: कार्यशैली बदल्छु, अपरिहार्यबाहेक कुनै कार्यक्रममा जान्नँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने घोषणा गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’
‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु’ उनले भने, ‘यही चिन्ता र आत्म समीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ ।’
सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।
२०८० पुस १० गते मंगलवार १८:२१ बजे प्रकाशित