"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो १० लाख राहत, राष्ट्रपतिको उपचारका लागि १० लाख

काठमाडौ । राष्ट्रपति को स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ दिएको छ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९६५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको जनाएको छ।

अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ।

गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।

त्यस्तै,इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०र१० लाख रूपैयाँ राहत दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ ।

२०८० पुस ५ गते बिहीवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु