"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भ्रष्टाचार नियन्त्रण र कानुनी राज स्थापना गर्न सक्ने एमालेले मात्रै होः अध्यक्ष ओली

ओखलढुंगा ।  नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले एमालेले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुन र न्यायको राज दिन सक्ने दाबी गरेका छन् । पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजीत सभालाई सम्वोधन गद्रै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताउँदै  देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने बताए । उनले भने,‘ जति बेला एमाले सरकारमा गएको छ । एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने काम गरेको छ ।’

२०८० मंसिर २६ गते मंगलवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु