टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका हुन् ।
उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको बताए ।
टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उनले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने बताएको रायमाझीले बताए । प्रविधिमाथि नियन्त्रण गर्न सरकारले नचाहेको उनको भनाइ छ ।
२०८० मंसिर २४ गते आइतवार १८:०२ बजे प्रकाशित