"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा गर्ने निर्णय गरेका सो पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीले आगामी माघ महिनामा गर्न लागेको महाअधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण करिब चार महिनापछि सारिएको हो । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ ।

२०८० मंसिर १९ गते मंगलवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु