माथिल्लो मुगु र रारा क्षेत्रमा आज बिहानैदेखि हिमपात
मुगु : हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।
मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ । रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिनुभयो ।
२०८० मंसिर १८ गते सोमवार १८:२५ बजे प्रकाशित























