"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशमा भ्रष्ट्राचार, तस्करीको जालो बढ्यो : ओली

सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले वर्तमान गठबन्धन सरकार थोत्रो भएको दाबी गरेका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत वीरेन्द्रनगरमा गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् । ‘यो सरकार एक वर्षमै थोत्रो भइसक्यो, कुनै नीति, विधि छैन,’ ओलीले भने, ‘राष्ट्रियता कमजोर बन्दै गएको छ । राष्ट्रिय हितमा सरकार अड्न सकिरहेको छैन ।’

देशमा भ्रष्ट्राचार, तस्करीको जालो बढेको पनि ओलीको भनाइ छ ।  इतिहासमा कहिल्यै नभएका घटना अहिले भएको पनि उनको दाबी छ ।

देश बनाउने चिन्तामा गठबन्धनका पार्टीहरूको ध्यान नभएको र एमाले नयाँ विचार, नयाँ उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए । साथै ओलीले देशको राजनीति बिग्रिँदै गएको बताएका छन् ।

२०८० मंसिर १८ गते सोमवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु