"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गरेकाे हाे ।

समितिले विज्ञप्ति जारी गर्ने निर्णय गरेको पनि सभापति राजकिशोर यादवले जानकारी दिए । विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेकाे उनले बताए ।

नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता रहेकेा उनले बताए ।

२०८० मंसिर १४ गते बिहीवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु