"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार स्थिर छ ।

२०८० मंसिर १२ गते मंगलवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु