"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पानीको बोटलमा कीरा भेटीयो, काठमाडौं महानगरले तिरायो १ लाख जरीवाना

काठमाडौं । कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई काठमाडौं महानगरपालिकाले एक लाख जरीवाना तिराएको छ ।

सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालीलाई पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमन समितिले पानी कम्पनीलाई आइन्दा पानीको बोतलमा ध्यान दिन सुभाव दिएको छ । महानगरले खानेपानी भर्नु अघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन सुझाव दिएको छ ।

२०८० मंसिर ११ गते सोमवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु