"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेले तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले आगामी १४ मंसिरदेखि तीन हप्ता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।

यो अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।

२०८० कात्तिक २२ गते बुधवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु