"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको छ: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएको छन् ।

उनले जनताको आधारभूत स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरेको बताए। “संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ”, मन्त्री बस्नेतले भने, “संविधान र कानुनमा भनिएजस्तो व्यवहारमा गर्न सकिएको छैन, तर निरन्तर प्रयास जारी छ ।”

आफू स्वास्थ्य मन्त्रालयमा आएपछि सुशासन र पारदर्शी तरिकाले काम गर्नका लागि प्रत्यन्त गरेको भन्दै उनले सुविधिसम्पन्न ठाउँ दरबन्दी थुपारेर बस्ने परिपाटीको अन्त्य गरेको बताए । “पहुँचका आधारमा दरबन्दी सुगममा मात्र थुपारेर बस्ने परिपाटीको अन्त्य भएको छ, अहिले डाक्टर बाहिर गएर काम गरिरहेको छन्”, मन्त्री बस्नेतले भने, “म राज्यमन्त्री भएर २२ वर्षसम्म अघि आउँदा देखेको व्यवस्था अहिले अन्त्य भयो, त्यसमा सबैले सहयोग गरे ।”

२०८० कात्तिक २१ गते मंगलवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु