यसवर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे

काठमाडौं । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले यसवर्षको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
समितिका कार्यकारी निर्देशकले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको जानकारी दिएका हुन् ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।
२०८० कात्तिक २० गते सोमवार १७:३२ बजे प्रकाशित