भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा नि:शुल्क
काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा नि:शुल्क गराएको छ ।
यी क्षेत्रमा ५ दिनको अवधिका लागि नि:शुल्क भ्वाइस र एसएमएस सेवा सहितको नि:शुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।
प्रवक्ता शोभन अधिकारीका अनुसार विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध छ ।
कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।
२०८० कात्तिक १८ गते शनिवार १७:०९ बजे प्रकाशित