"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एनसेलका साँढे दुईलाख ग्राहक घट्दा एनटिसीका ७ लाख ग्राहक थपिए

काठमाडौं । पछिल्लो समय एनसेल प्रयोगकर्ताहरु नेपाल टेलिकमप्रति आर्कषित हुन थालेका छन् । पछिल्लो ४ महिनामा एनसेलका दुई लाख ५६ हजार ७८० प्रयोगकर्ताले एनसेल प्रयोग गर्न छोडेका हुन् ।

उता प्रतिष्पर्धी कम्पनि नेपाल टेलिकमको जीएसएम सेवा प्रयोगकर्ताको संख्या भने ह्वात्तै बढेको छ । टेलिकमको जीएसएम सेवातर्फ ७ लाख ३२ हजार १०७ जना प्रयोगकर्ता बढेका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले गत चैतदेखि असारसम्मको अवधिमा ठूलो सङ्ख्यामा ग्राहकले कम्पनीको सेवा छोडेको देखाएको हो ।

यससँगै नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड तीन लाख ९४ हजार ९५३ पुगेका छन् । मोबाइल ब्रोडब्यान्ड तर्फको कुरा गर्ने हो भने नेपाल टेलिकमका ग्राहक एक करोड ९० लाख ८८ हजार ४४९ रहेका छन् भने एनसेलका ग्राहकको सङ्ख्या ८९ लाख १४ हजार २६ मात्र रहेको छ ।

फागुन २०७९ मा एक करोड ३४ लाख ९० हजार १७८ रहेका एनसेल प्रयोगकर्ता असार २०८० सम्म आइपुग्दा घटेर एक करोड ३२ लाख ३३ हजार ३९८ मा सीमित भएका छन् ।

२०८० कात्तिक १६ गते बिहीवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु