"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राति १२ बजेबाट संसद्को चालु अधिवेशन स्वत: अन्त्य

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको
सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिए ।

२०८० कात्तिक १६ गते बिहीवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु