चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ: प्रधानमन्त्री
जोमसोम । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् । उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए ।
नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने “मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ, कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”
प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुुगेको कागबेनी निरीक्षण गरे । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए ।
२०८० कात्तिक १ गते बुधवार १९:३९ बजे प्रकाशित