"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं महानगरका तीनवटा सडक आजदेखि एकतर्फी

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीनवटा सडकखण्ड बुधबारदेखि एकतर्फी बनाइएकाे छ । अब काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडकखण्डमा प्रवेश गर्न पाइने छैन।

त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन।

पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएकाे काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठले जानकारी दिए।

एकतर्फी सडक बनाइएको जानकारी दिन ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ।

२०८० कात्तिक १ गते बुधवार १९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु