सर्वसाधारणलाई उपत्यका प्रहरीको १० बुँदे अपिल, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ ।
जारी अपिलमा घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ/छैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।
२०८० असोज ३० गते मंगलवार २०:०० बजे प्रकाशित