। इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपालीहरूको शव २/३ दिन भित्रमा नेपाल पठाइने
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपालीहरूको शव २/३ दिन भित्रमा नेपाल पठाइने भएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ।
पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ ।
२०८० असोज ३० गते मंगलवार १९:५० बजे प्रकाशित