"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरियो

काठमाडौं । यस वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखा विशेष बुलेटिन जारी गरेर जानकारी दिएको हो ।

गत जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाले जनाएको छ । यसअघि  सुदुरपश्चिम र कर्णाली प्रदेशबाट भने गत साता नै मनसुन बाहिरिएकाे थियाे । महाशाखाका अनुसार आजबाट नेपालबाट मनसुन बाहिरिएपनि भाेलिदेखि भने मनसुनी वायु सक्रिय  हुनेछ ।

पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोलि सोमबारदेखि नेपालको सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

२०८० असोज २८ गते आइतवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु