"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा टोली गठन

काठमाडौं । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन गरेको छ ।संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण अर्याल, कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख टंक महत, कर्मचारी समायोजन शाखा प्रमुख कमानसिं थापामगर रहेका छन् । आन्दोलनरत् कर्मचारीसँग आज दिउँसो २ बजेबाट वार्ता हुने बताइएको छ ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै विविध मागसहित स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।

२०८० असोज २५ गते बिहीवार १९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु