"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दसैँका लागि आजदेखि पुरानै भाडामा अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दसैँका लागि अग्रिम टिकट आजदेखि खुला भएको छ। शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजबाट बुकिङ खुला गरिएको हो ।

सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए। सरकार र व्यवसायीबीच भाडा नबढाउने सहमति पनि भएको छ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

२०८० असोज २२ गते सोमवार १९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु