"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेमा अझै १० वर्ष केपी ओलीको विकल्प छैनः पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् ।उनले एमालेमा कम्तीमा  १० वर्ष केपी ओलीको विकल्प नरहेको बताउँदै उनले भने–अबको १० वर्ष पार्टीमा ओलीको विकल्प छैन । स्वाधिनताको अभियान डगमगिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’

नेकपा एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने उपमहासचिव गुरुङले बताए । विभाजन गलत थियो भन्ने २०५४ सालदेखि नै देखिएको उनको भनाइ थियो ।

२०८० असोज १६ गते मंगलवार १८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु