भाडा नबढाए दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीकाे अडान
काठमाडौं । यातायात व्यवसायीले सरकारले भाडा नबढाएदसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।
दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् । यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बसेकाे भए पनि व्यवसायीले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइरहेकाे यातायात व्यवस्था विभाग स्रोतले बतायाे ।
यातायात व्यवस्था विभाग भाडा बढाउने पक्षमा नरहेकाे स्राेतकाे भनाइ छ । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुने भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जाने स्राेतकाे भनाइ छ ।
२०८० असोज १६ गते मंगलवार १८:१० बजे प्रकाशित