अब उपचारको अभावमा कसैले ज्यान गुमाउनुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत
वीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताए छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१ औँ वर्षको अवसरमा आयोजित समारोहमा उनले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् ।
स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गरे ।
२०८० असोज १३ गते शनिवार १९:३४ बजे प्रकाशित