स्याङ्जामा स्क्रब टाइफस रोग देखियो, विद्यालय बन्द
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेको छ ।
विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।
“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि आज र भोलि विद्यालय बन्द गरेका हौँ”, उनले भने, “हिजो र आज विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”
सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उनले बताए ।
२०८० असोज ११ गते बिहीवार २०:१० बजे प्रकाशित