"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेले दुई वटा नारासहित असोज २४ र २५ गते मधेश अधिवेशन गर्ने

काठमाडौँ। नेकपा एमालेले मधेश प्रदेशमा दुई वटा नारासहित प्रथम अधिवेशन गर्ने भएको छ।

जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गरी एमालेले यही असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।

एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको हो।

२०८० असोज ११ गते बिहीवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु