"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको  बताएका छन् ।

धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले बताए ।

कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनले बताए ।

२०८० असोज ९ गते मंगलवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु