एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा विप्लवको प्रदर्शन
काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायतका नेताहरु सहभागी थिए ।
आजबाट औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा जाने थालेपछि फेरि विवाद चर्किएको छ ।
२०८० भदौ १३ गते बुधवार २१:०६ बजे प्रकाशित