"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मुलुकमा चलिरहेको लुटतन्त्रको अन्त्यको लागि जनता सडकमा आउनुपर्छः कमल थापा

काठमाडौं   । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रका अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आबश्यकता रहेको बताएका छन् ।

आगामी भाद्र २९ गते पार्टीले बृहत बिरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजा सहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने समेत बताए ।

मुलुकको गौरबशाली इतिहास, धर्म संस्कृती पहिचानलाई समाप्त पार्न योजनाबद्ध रुपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको बिकल्प नभएको समेत बताए । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यबस्था र प्रणाली परिवर्तन गर्नुपर्ने उनकाे भनाइ छ ।

२०८० भदौ १२ गते मंगलवार १९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु