राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन शिक्षामन्त्रीको आग्रह
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन आग्रह गरेका छन्। मन्त्री राईले प्रदेश र स्थानीय तह तथा विद्यालय एवं सामाजिक संस्थास्तरमा दिवस मनाउन आग्रह गरेका हुन्।
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले मधेश प्रदेशमा शिक्षाको अवस्था कमजोर भएकाले त्यसका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
२०८० भदौ १० गते आइतवार १९:५८ बजे प्रकाशित