धरानको घटनाको सम्बन्धमा आपसी एकता र सद्भाव कायम राख्न देउवाको अपिल
काठमाडौँ। धरानको घटनाको सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका भनेका छन्, ‘केही दिनयता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक गर्दछ। समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्दछ।’
कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुऱ्याउन उचित नहुने उनको भनाइ छ।
‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आआफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन’, उनले भनेका छन्, ‘नेपालीको भावना र चाहनाविपरीत धार्मिक/सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्यरअदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन।’
२०८० भदौ ९ गते शनिवार २०:०१ बजे प्रकाशित