![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2019/07/Rastriya-manab-adhikar-aayog.jpeg)
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरको मध्यपुरठिमीस्थित बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु गरेको छ।
बाल सुधार गृहभित्र भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बाल सुधार गृहमा तोडफोड भएको थियो । यस्तै सो क्रममा केही बालबन्दीहरु भागेका थिए।
अनुगमनको क्रममा आयोगले बाल सुधार गृहमा रहेका बालबालिकाहरु, बाल सुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरूसँग प्रत्यक्ष भेटी जानकारी लिएको छ।
साथै आयोगले बाल सुधार गृह परिसरको अवलोकन पनि गरेको विज्ञप्तिमार्फत जनाएको छ।
२०८० भदौ ७ गते बिहीवार २०:२४ बजे प्रकाशित