"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको ओलीको दाबी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेका छन् ।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाइबर र केबलकार बिछ्याउने कामदेखि सबै जिल्लाहरूमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाइ थियो ।

उनले भने, ‘म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल कार बिछ्याउने कामहरूदेखि लिएर सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलियो भएका छौँ । अझै यसलाई सुदृढ गर्न जरुरी छ।’

सांस्कृतिक समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताए ।

२०८० भदौ ४ गते सोमवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु