"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं महानगरले अब कक्षा १० सम्मका विद्यार्थीलाई दिउँसोको खाजा दिने

काठमाडौं ।काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजा दिने भएको छ ।

संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै आइरहेकोमा काठमाडौं महानगरले गत वर्ष १० रुपैयाँ थप गरेर २५ बनाएको थियो ।

यो वर्ष अर्थमन्त्रालयले कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा रकम छुट्याएको छ । त्यसमा महानगरले कक्षा ५ सम्मकालाई संघीय सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गर्दै ३० पुर्‍याएको छ भने कक्षा ६-१० लाई पनि दिवा खाजा दिने निर्णय गरेको छ ।

२०८० भदौ ३ गते आइतवार २१:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु